पोखरामा चक्कु प्रहार गरी एक व्यक्तिको हत्या

शनिबार, ०८ कार्तिक २०८२

काठमाडौं। कास्की पोखरा महानगरपालिका-५ चिल्ड्रेन पार्कनजिकै एक व्यक्तिको हत्या भएको छ।

प्रहरीका अनुसार शनिबार बिहान सोही ठाउँका ४५ वर्षीय अनिल पराजुलीको हत्या भएको हो। पराजुली बिहान ३ बजे चक्कु प्रहारपछि अचेत अवस्थामा फेला परेका थिए। उद्धार गरी पश्चिम क्षेत्रीय अस्पताल पोखरा पुर्‍याइएकोमा उनको ३:४० मा मृत्यु भएको थियो।

घटना अनुसन्धान सिलसिलामा पोखरा-१८ सराङकोट घर भई पोखरा-५ मालेपाटन बस्ने २४ वर्षीय किशोर तिम्सिना पक्राउ परेका छन्। दुबैबीच मदिरा सेवनपछि वादविवाद हुँदा तिम्सिनाले पराजुलीलाई चक्कु प्रहार गरेको प्रहरी उपरीक्षक नवीन कार्कीले बताए।

तिमिल्सिनालाई घटनामा भएको चक्कुसहित पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान थालिएको कार्कीले बताए। 

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार