प्रदर्शनकारीलाई जिम्मेवार ढंगले प्रस्तुत हुन गृहमन्त्रीको आग्रह

शनिबार, ०८ कार्तिक २०८२

काठमाडौं  । गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकको वर्तमान अवस्थालाई विचार गरेर जिम्मेवार ढंगले प्रस्तुत भइदिन आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको उच्चस्तरीय बैठकपछि उनले सम्भावित प्रदर्शनतर्फ इंगित गर्दै जिम्मेवार ढंगले प्रस्तुत भइदिन आग्रह गरेका हुन् ।

गृहमन्त्री अर्यालले विभिन्न समूहले प्रदर्शनका लागि तयारी गरेको जानकारी आफूले पाएको पनि बताए । उनले सुरक्षा अवस्थाबारे बैठकमा सूक्ष्म विश्लेषण भएको पनि जानकारी दिए ।

‘सुरक्षा अवस्थाबारे हामीले सूक्ष्म विश्लेषण गरेका छौं । विभिन्न समूहले प्रदर्शनका लागि तयारी गरेको भन्ने कुराहरू आएका छन् । आफ्ना राजनीतिक मागहरू जिम्मेवार ढंगले राख्न सबै स्वतन्त्र छन्’, गृहमन्त्रीले भने, ‘राजनीतिक मुद्दाको सम्बोधनका लागि हामीले संवादको ढोका खुला राखेका छौं । सम्बद्ध पक्षहरूसँग हामी वार्ता गर्छौँ । संवादबाटै समस्याको समाधान चाहन्छौं ।’

प्रधानमन्त्री सुशीला कार्कीले गृहमन्त्री अर्याल, गृहसचिव रामेश्वर दंगालसहित चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग बालुवाटारमा बैठक गररेकी थिइन् । वर्तमान सुरक्षा अवस्थाको विश्लेषण गरी आवश्यक कदम चाल्न बालुवाटारमा उच्चस्तरीय बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार