स्याङ्जा । पुतलीबजार नगरपालिका-१४ मा मोटरसाइकल दुर्घटना हुँदा वरिष्ठ कृषि अधिकृत माधवप्रसाद लम्सालको मृत्यु भएको छ।
४५ वर्षीय लम्साल आफैंले चलाएको लु ५९ प ३७९७ नम्बरको मोटरसाइकल गएराति दुर्घटनामा पर्दा ज्यान गएको हो।
आम्बोटबाट झण्डै सय मिटर मोटरसाइकलसहित तल लम्साल खसेको प्रहरी उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।
निवास लामागेतर्फ आउँदै गर्दा दुर्घटनामा परेका लम्साललाई उद्धार गरी जिल्ला अस्पताल स्याङजा ल्याई पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।
लम्साल राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ, कास्कीका प्रमुख हुन्। यसअघि सुन्तला सुपरजोन परियोजना कार्यान्वयन इकाई कार्यालय स्याङजाका प्रमुख थिए। लम्सालको स्थायी घर पुतलीबजार नगरपालिका–१४ लामागे हो।
प्रतिक्रिया