पार्टी रूपान्तरणको प्रयासलाई रविविरुद्धको षड्यन्त्रका रूपमा प्रचार नगरियोस् -तोसिमा कार्की

शनिबार, ०८ कार्तिक २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ डा. तोसिमा कार्कीले पार्टीभित्र लोकतान्त्रिक रूपान्तरण र सांगठनिक सुधारको प्रयासलाई सभापति रवि लामिछानेविरुद्धको षड्यन्त्रका रूपमा प्रचार नगर्न सार्वजनिक अपिल गरेकी छिन्।

सामाजिक सञ्जालमार्फत एक लामो वक्तव्य जारी गर्दै उनले पार्टीलाई थप सबल र सुदृढ बनाउने आफ्नो प्रयासमाथि मिथ्या आरोपहरू लगाएर निरन्तर प्रहार नगरिदिन आग्रह गरेकी हुन्।

नेतृ कार्कीले आफूले पार्टीलाई हुर्काउन र सबल बनाउन दुःख गरेको स्मरण गराउँदै पार्टीलाई ‘थप लोकतान्त्रिक र समय सापेक्षिक रूपान्तरित’ बनाउने आफ्नो मान्यता फरक भएकै कारण ‘सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट’ आफूमाथि प्रहार भएकोमा असन्तुष्टि जनाएकी छन्।

उनले रास्वपालाई समय सापेक्षिक रूपमा मध्यममार्गी मूलधारको मुख्य राजनीतिक शक्तिको रूपमा विकास गर्न र वैकल्पिक शक्ति, नागरिक समाज तथा ‘जेनजी’ सबैलाई समेट्नका लागि पार्टीमा सांगठनिक र वैचारिक पुनःगठन आवश्यक रहेकोमा जोड दिएकी छन्।

कार्कीकाे तीन बुँदे अनुरोध

१) विस्तारीत बैठकमा सङ्गठनका साथीहरुको महत्वपूरण र सक्रिय सहभागताको लागि अनुरोध गर्दछु।

२) बैठकमा प्रस्तुत हुने राजनैतिक र साङ्गठनिक प्रतिवेदनमाथि सहभागिहरुले राय राख्ने मात्र होईन प्रतिवेदनहरुलाई स्विकार्ने/अस्विकार गर्ने/ तोकिएका संसोधन सहित स्विकार्न पाउने गरी भोटिङ राईट दिइनुपर्छ।

३) जेनजी आन्दोलन पछिको रास्वपालाई यथास्थितिमा रहेर वैकल्पिक शक्तिहरुलाई नसमेटि आसन्न चुनावमा एक्लै जाने छुट छैन। हामी उदार हुनुपर्छ। केन्द्री सचिवालय, पदाधिकारी, समितीको संरचना र नेतृत्वमा पुनरावलोकन पुनर्गठन गरेर वैकल्पिक शक्ति सबैको साझा प्लेटफर्म बन्नुपर्छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार