संखुवासभामा प्रहरीसँग अभद्र व्यवहार गर्ने चार जना पक्राउ

शनिबार, ०८ कार्तिक २०८२

संखुवासभा । जिल्ला प्रहरी कार्यालय संखुवासभाले प्रहरीमाथि अभद्र व्यवहार गर्ने चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरू सबै संखुवासभा नगरपालिका–३ ममर गाउँका स्थानीय हुन्।

पक्राउ पर्नेहरूमा ६० वर्षीय चन्द्रबहादुर आले मगर, ४३ वर्षीय पुर्णबहादुर आले मगर, ५० वर्षीय तेजबहादुर आले मगर र ३८ वर्षीया दाछिरी शेर्पा रहेका छन्।

प्रहरीका अनुसार २०८२ साल कात्तिक ६ गते राति करिब ८ बजे ममर गाउँमा केही व्यक्तिहरूले होहल्ला मच्चाइरहेको भन्ने सूचना प्राप्त भएपछि प्रहरी चौकी  सिद्धपोखरीबाट खटिएको टोलीले त्यहाँ पुगेर सोधपुछ गर्ने क्रममा पक्राउ परेका व्यक्तिहरूले प्रहरीमाथि अभद्र व्यवहार र अवरोध सिर्जना गरेका थिए।

घटनापछि उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय चैंपुरमा राखिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

सूचना अधिकारी प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार पक्राउ परेकाहरूमाथि कानूनी प्रक्रिया अघि बढाइएको छ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार