इटहरी : ध्वनी प्रदुषण हुने गरी ठुलो आवाज निकाकालेर सडकमा कुद्ने स्वरुप परिवर्तन गरिएका दुई सय वढी मोटरसाईकलहरु कारवाहीमा परेका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जेनजी आन्दोलनपछि कोशी प्रदेशका विभिन्न ठाउँहरुबाट २१४ वटा ध्वनी प्रदुषण गर्ने मोटरसाईकलहरुलाई नियन्त्रणमा कारवाही गरेको हो ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक दिपक गिरीले अनावश्यक आवाज निकाल्ने २१४ वटा मोटरसाईकलहरुको साइरेन्स निकालेर कारवाही गरिएको जनाएका हुन् । ट्राफिक प्रहरी उपरीक्षक गिरीले ठुलो आवाज निकाल्ने मोटरसाईकलहरुको साइरेन्सरहरु हटाउने कार्य नियमित प्रकृया भएपनि जेनजी आन्दोलनपछि २१४ वटाको यस्ता मोटरसाईकल कारवाहीमा परेको वताए ।
स्वरुप परिवर्तन गरी ठुलो आवाज निकाल्ने मोटरसाईकलका साइरेन्सर हटाएर कारवाही गर्ने मात्र नभएर कम्पनीले सवारीमा राखेको हर्न भन्दा वढी आवाज निकाल्ने गरि थपिएका हर्नहरु पनि हटाउने र त्यस्ता सवारीलाई समेत कारवाही गर्ने कार्य गरिदै आएको ट्राफिक प्रहरी उपरीक्ष गिरीले जनाए । अनावश्यक हर्नका कारण जेष्ठनागरिक , विरामी , अस्पताल ,विद्यालयहरु लगायतका असर पार्ने तर्फ मध्यनजर गर्दै तोकिएको भन्दा ठुलो हर्न बजाउनेहरुलाई समेत कारवाही गरिदै आएको छ ।
केही वर्ष अघि कोशी प्रदेशलाई हर्न निषेधित प्रदेश घोषणा गरिएको थियो तर ट्राफिक प्रहरी उपरीक्षक गिरीले भने हर्न नै बजाउन नपाइने भने हैन अनावश्यक हर्न बजाउन पाइदैन अनावश्यक हर्न वजाउने र सवारीको स्वरुप परिवर्तन गर्नेहरुलाई समेत कारवाही गरिदै आएको छ ।
प्रतिक्रिया