इलाम : देउसी खेल्ने क्रममा लडेका एक व्यक्तिको मृत्यु भएको छ ।
इलाम नगरपालिका ९, भगवती टोलका अन्दाजी ५३ वर्षे चन्दबहादुर विष्टको देउसी खेल्नेक्रममा लडेर मृत्यु भएको हो ।
स्थानीय शेरबहादुर लावतीको घरमा बिहीबार साँझ लडेर घाइते उनको इलाम अस्पतालमा उपचार गर्नेक्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
प्रतिक्रिया