कांग्रेस शीर्ष नेताहरूको बैठकमा राज्य व्यवस्था समिति सभापतिबारे छलफल

सोमबार, ०९ भदौ २०८२
सांकेतिक फाईल

काठमाडौ : सत्तारुढ दल नेपाली कांग्रेसका शीर्ष नेताहरूले आज पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानिलकण्ठमा बैठक बसेर राज्य व्यवस्था समिति सभापति नियुक्तीबारे छलफल गरेका छन्।

पार्टी उपसभापति धनराज गुरुङका अनुसार, रामहरि खतिवडाले राज्य व्यवस्था समितिको सभापतिबाट राजीनामा दिएपछि यस पदमा कसलाई नियुक्त गर्ने भन्ने विषयमा बैठकमा गहन छलफल भएको हो।

त्यसैगरी, बैठकमा रुपन्देही क्षेत्र नं ३ मा आगामी कात्तिकमा हुने उपनिर्वाचनसम्बन्धी तयारीबारे पनि छलफल भएको गुरुङले जानकारी दिए । 

भोलि बिहान दुवै विषयलाई टुङ्ग्याउने उद्देश्यले पुनः बैठक बस्ने व्यवस्था गरिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार