तनहुँ : देवघाट गाउँपालिका–५ बुद्धचोकस्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा एक जना किशोर बेपत्ता भएका छन् भने अर्का एक जनालाई उद्धार गरिएको छ।
घटनामा परेका बालबालिकाहरू चितवनका भरतपुर महानगरपालिका–१५ फूलबारी बस्ने १३ वर्षीय कुशल ढकाल र भरतपुर–१६ मङ्गलपुर बस्ने १७ वर्षीय कृष्ण लामिछाने हुन्। स्थानीय स्रोतका अनुसार, नदीले उनीहरूलाई बगाएको थियो।
स्थानीय सोमबहादुर बोटेले कुशल ढकाललाई उद्धार गरेका छन्। तर, कृष्ण लामिछाने अझै बेपत्ता छन्। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक आशिष विश्वकर्माले बेपत्ताको खोजी भइरहेको जानकारी दिए ।
बेपत्ताको खोजीका लागि १७ नम्बर गण आँपटारी चितवनबाट गोताखोरसहितको टोली घटनास्थल खटिएको छ। प्रहरीले जनाएको छ कि ती दुई किशोर दिदीबहिनीका छोराहरू हुन् र मामाघर आएका थिए।
प्रतिक्रिया