कवाड व्यवसायीले गरे बालेनका विरुद्ध प्रदर्शन

मंगलबार, १० भदौ २०८२

काठमाडौँ : कवाड व्यवसायी सङ्घर्ष समितिले बालेनका विरुद्ध प्रदर्शन गरेका छन् ।

आज (मङ्गलवार) काठमाडौँका नगर प्रमुख बालेनले कवाड व्यवसायी माथि गुन्डा गर्दी गरेको भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन् ।

कवाड व्यवसायी सङ्घर्ष समितिमा संयोजक राम केवल गुप्ताका अनुसार २ वर्षदेखि नगर प्रमुखले कवाडी व्यवसायीका घर र व्यवसायमा डोजर लगाउने काम गरेको छ र आज त्यसको विरुद्धमा व्यवसायीहरूले प्रदर्शन गरेको हो । 

उनले भने, ‘महानगरले के भन्छ भने यो कवाडी रहँदैन, हामी निजी जग्गामा, व्यक्तिसँग जग्गा लिएर व्यवसाय गरिरहेका छौ । हामीले सरकारसँग व्यवसाय गर्ने अनुमति लिएर व्यवसाय गरेका छौ भने मेयरले त्यसो भन्ने अधिकार छैन नि ।’

उनले समस्या भए वार्ता मार्फत मिलाउन मिल्ने भन्दै महानगरले एक अरब रुपैयाँको लागि आफूहरूलाई हटाउन खोजेको पनि बताए ।

‘गरिबको घरमा डोजर लगाइदिने ? सबै भत्काएर भगाइदिने ? काठमाडौँबाट कवाडलाई हटाएर एक अरब रुपैयाँ महानगरलाई आउने भएको हुनाले हामीलाई हटाउन खोजिएको हो ।’ उनले भने,

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार