मौसमअनुसार परिवर्तन हुने ताप्लेजुङको ‘छ्यो थाङ्गी छ्यो पोखरी’

मंगलबार, १० भदौ २०८२

 ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ मा अवस्थित छ्यो थाङ्गी छ्यो पोखरी पछिल्लो समय पर्यटकका लागि नयाँ गन्तव्य बनेको छ। यो पोखरी समुन्द्र सतहबाट करिब ४,४०० मिटरको उचाइमा रहेको छ। स्थानीयवासीका अनुसार, यो पोखरीले मौसमअनुसार आफ्नो रङ्ग बदल्छ— कहिले आकाशजस्तै नीलो हुन्छ भने कहिले रातो देखिन्छ।

पछिल्लो समय यसको चर्चा सामाजिक सञ्जालहरूमा बढ्दै गएपछि यहाँ आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या बढ्न थालेको छ। यहाँ घुम्न आउने पर्यटकहरूले यो क्षेत्रलाई 'पूर्वको मुस्ताङ' उपनाम दिएका छन्।

पोखरीको संरक्षण र प्रवर्द्धनका लागि स्थानीय सरकारले पहल गरिरहेको छ। मिक्वाखोला गाउँपालिकाका उपाध्यक्ष डण्डु शेर्पाका अनुसार, पोखरी क्षेत्रमा पदमार्ग निर्माण, पाटीपौवा र होमस्टे सञ्चालनका लागि काम भइरहेको छ। यद्यपि, हाल यहाँ आउने पर्यटकहरूले सेवा सुविधाको अभाव झेलिरहेका छन्।

यस क्षेत्रमा करिब १०० वटा पोखरीहरू रहेको अनुमान छ, तर तिनीहरूको वैज्ञानिक अध्ययन हुन बाँकी छ। स्थानीय थोक्प्या समुदायका अनुसार, 'छ्यो थाङ्गी छ्यो' को अर्थ 'पोखरी भएको टार' हो। यसैले, स्थानीय समुदायले पोखरीहरूको मौलिक नामबाट नै प्रचारप्रसार गरिनुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार