काठमाडौं ; सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१-८२ मा ऐतिहासिक उपलब्धि हासिल गर्दै ५०० करोड रुपैयाँभन्दा बढी कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।
कम्पनीले परम्परागत जीवन बीमामा उल्लेखनीय प्रगति गर्दै प्रथम बीमाशुल्कमा मात्रै ६१.०६ प्रतिशत वृद्धि गरेको छ । गत वर्ष ७२.११ करोड रुपैयाँ आर्जन गरेकोमा यस वर्ष यो रकम ११६.१४ करोड रुपैयाँ पुगेको छ ।
बैदेशिक रोजगार म्यादी बीमामा पनि कम्पनीले गत वर्षको तुलनामा २३.८१ प्रतिशतको सुधार गर्दै १०४.२३ करोड बीमाशुल्क आर्जन गरेको छ ।
यसैगरी, नवीकरण बीमाशुल्कतर्फ पनि अघिल्लो वर्षको २३२.१२ करोडको तुलनामा २०.६७ प्रतिशतले वृद्धि भई यो वर्ष २८०.०१ करोड पुगेको छ ।
कुल मिलाएर, गत वर्ष ३८८.४० करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको कम्पनीले यस वर्ष २८.८५ प्रतिशतको उल्लेखनीय वृद्धिसहित ५०० करोड नाघेको हो ।
हाल कम्पनीले देशभर १४० शाखा तथा उपशाखामार्फत आफ्ना बीमा सेवा विस्तार गरेको छ । निरन्तर सुधार, ग्राहकप्रतिको प्रतिबद्धता र सशक्त व्यवस्थापनका कारण कम्पनीले जीवन बीमा क्षेत्रमा सशक्त उपस्थिति जनाइरहेको छ ।
प्रतिक्रिया