काठमाडौं : मंगलवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा उल्लेखनीय सुधार देखिएको छ। सेयर बजार परिसूचक नेप्से ८१.७७ अंकले उकालो लाग्दै २,९७४.५५ बिन्दुमा पुगेको छ।
आजको कारोबारमा २३६ कम्पनीको शेयर मूल्य बढेको छ भने १४ कम्पनीको मूल्य घटेको छ। यसले बजारमा लगानीकर्ताको विश्वास र उत्साह बलियो बनेको संकेत गर्छ।
यस दिन कुल २० अर्ब ८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया