उदयपुरमा बिषालु च्याउ खाँदा आठजना विरामी

मंगलबार, २७ साउन २०८२

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–९ अजगरामा बिषालु जंगली च्याउ खाँदा एउटै परिवारका आठजना विरामी परेका छन्। बिरामी पर्नेमा वर्ष ८५ की गवनी सदा, वर्ष ६० की गीता सदा, वर्ष ३१ की संजु सदा, वर्ष २९ की मन्जु सदा, वर्ष २९ की सरिता सदा, वर्ष १० की सन्ध्या सदा, वर्ष ११ की सन्जा सदा र वर्ष ५५ का लल्कु सदा रहेका इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ।

जंगली च्याउ खाएपछि विरामी भएका मध्ये गवनी सदा, गीता सदा र सरिता सदाको अवस्था गम्भीर भएको वडा नम्बर ९ का अध्यक्ष तथा चौदण्डीगढी नगरपालिकाका प्रवक्ता प्रकाश राउतले जानकारी दिनुभयो। उहाँका अनुसार गम्भीर अवस्थाका तीनजनालाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने तयारी भइरहेको छ भने बाँकी पाँचजनाको उपचार नगर अस्पताल बेल्टारमै भइरहेको छ।

WhatsApp Image 2025-08-12 at 4.28.50 PM

सदा परिवारले मंगलबार विहान घर नजिकैको जंगलबाट ल्याएको च्याउ पकाई खाएको र त्यसलगत्तै बान्ता हुन थालेपछि उनीहरूलाई अस्पताल ल्याइएको थियो। अध्यक्ष राउतका अनुसार आर्थिक अवस्था कमजोर भएकाले नगरपालिकाले सदा परिवारको निशुल्क उपचारको व्यवस्था मिलाएको छ।

प्रतिक्रिया

अञ्जनीकुमार अधिकारी
लेखकको बारेमा
अञ्जनीकुमार अधिकारी
जिल्ला संवाददाता

उदयपुर जिल्ला निवासी अधिकारी विगत १ दशक अघिदेखि पत्रकारिता क्षेत्रमा सक्रिय हुनुहुन्छ ।

सम्बन्धित समाचार