उदयपुरमा कक्षा कोठामै विद्यार्थीलाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

सोमबार, १६ भदौ २०८२

उदयपुर: उदयपुरमा आफ्नै विद्यार्थी बलात्कार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।

जिल्लाको बेलका नगरपालिका २ मा सञ्चालित कन्चनजंगामा हिमशिखर सामुदायिक इङ्लिस बोर्डिङकाका प्रधानाध्यापक ४७ वर्षीय युवराज श्रेष्ठलाई आफ्नै विद्यालयमा अध्ययन गर्ने १४ बर्षिया बालिका बलात्कार गरेको आरोपमा उदयपुर प्रहरीले पक्राउ परेका हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईँका अनुसार घटनाको प्रारम्भिक अनुसन्धानबाट आरोपित श्रेष्ठले बोडिङ्गकै कोठामा बालिकालाई बलात्कार गरेको खुलेको छ ।

बालिकालाई जबरजस्ती करणी गरेको हुँदा आवश्यक कारबाही गरी पाउँ भनी बालिकाको आफन्तका तर्फबाट नातामा भाउजू पर्नेले इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा उजुरी दिएपछि श्रेष्ठलाई थप अनुसन्धानका पक्राउ गरिएको हो ।

पक्राउ गरिएका श्रेष्ठलाई हाल इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको हिरासतमा राखेर थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

अञ्जनीकुमार अधिकारी
लेखकको बारेमा
अञ्जनीकुमार अधिकारी
जिल्ला संवाददाता

उदयपुर जिल्ला निवासी अधिकारी विगत १ दशक अघिदेखि पत्रकारिता क्षेत्रमा सक्रिय हुनुहुन्छ ।

सम्बन्धित समाचार