काठमाडौं । उपत्यकामा सुरक्षा व्यवस्था थप कडा पारिएको छ ।
सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै उपत्यकालाई विभिन्न सेक्टरमा विभाजन गरिएको छ । प्रत्येक सेक्टरमा एक–एक एसपी खटाइएका छन् ।
यसअनुसार, बालनरसिंह राणा, दिपक श्रेष्ठ, रुगम कुँवर, कवित कटुवाल, रामेश्वर पौडेल, डिलबहादुर मल्ल र केशव भट्टराईलाई जिम्मेवारी तोकिएको छ । काठमाडौं परिसर अपरेसन कमान्डरको जिम्मेवारी एसपी पवन भट्टराईलाई दिइएको हो ।
सुरक्षा निकायका अनुसार अपरेसन योजनाअनुसार उपत्यकाभरि व्यापक गस्ती, निगरानी र सुरक्षा तैनाथीलाई सुदृढ पारिनेछ ।
प्रतिक्रिया