बालुवाटारमा मध्यराति नाराबाजी : सुदन समूहले माग्यो प्रधानमन्त्रीको राजीनामा

सोमबार, ३० भदौ २०८२

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले मनलाग्दी शैलीमा मन्त्रिमण्डल गठन गरेको आरोप लगाउँदै सुदन गुरुङ नेतृत्वको समूहले आइतबार राति बालुवाटार अगाडि तीव्र नाराबाजी गरेको छ।

गुरुङ समूह विशेषतः गृहमन्त्रीमा ओमप्रकाश अर्यालको नाममा असहमति प्रकट गर्दै मध्यराति नै बालुवाटार पुगेको थियो। नाराबाजीका क्रममा उनीहरूले “सहजकर्ता बनेर आएको मान्छे किन गृहमन्त्री?” भन्दै कार्कीप्रति आक्रोश पोखेका थिए।

आन्दोलन अपहरणमा परेको आरोप लगाउँदै उनीहरूले प्रधानमन्त्रीलाई चेतावनी पनि दिए। “हामीले नै प्रधानमन्त्री बनाएर ल्याएका हौँ, यस्तै हो भने हटाउन सक्ने क्षमता पनि राख्छौँ,” सुदन गुरुङले स्पष्ट चेतावनी दिए।

स्रोतका अनुसार, समूहले मन्त्रिपरिषद् गठनमा पार्टीभित्रको परामर्श र साझा निर्णय बेवास्ता भएको भन्दै असन्तुष्टि पोखेको हो। रातको आक्रामक प्रदर्शनले अन्तरिम सरकारभित्रको आन्तरिक विवाद सतहमा आएको सङ्केत दिएको विश्लेषण गरिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार