भीषण पहिरोले नारायणगढ–तुइन सडक अवरुद्ध : ३६ घण्टा यात्रु र मजदुर अलपत्र

आइतबार, ०५ असोज २०८२

चितवन : नारायणगढ–तुइन खोलामा गएको भीषण पहिरोले सवारी साधन र यात्रुहरूलाई ३६ घण्टादेखि सडकमै अलपत्र बनाएको छ। असोज शुक्रवारदेखि अवरुद्ध सडक अझै बिहान ८ बजेसम्म खुल्न सकेको छैन।

तुइन खोलादेखि भरतपुर करिब ३५ किलोमिटर र मुग्लिङदेखि नाग ढुङ्गासम्म करिब १०० किलोमिटरको सडक खण्डमा हजारौँ यात्रु, सयौँ सवारीसाधन र यातायात श्रमिकहरू प्रभावित भएका छन्।

सडक डिभिजन कार्यालय भरतपुरका अधिकारीहरूका अनुसार, बिहान ७ बजेदेखि पहिरो पन्छाउने काम सुरु भए  पहिरो खस्ने क्रम निरन्तर भइरहेकाले पहिरो हटाउन समस्या भइरहेको जनाएको ।

 पहिरो खसिरहेकाले यातायात आवागमन सुचारु हुन अझै समय लाग्ने जनाएको छ ।  सवारीसाधन र सडकमै रात गुजारेका यात्रु र मजदुरहरू खाद्यान्न र पानीको समस्यामा छन् ।

अलपत्र यात्रुहरूको पीडा सडक छेउछाउमै देखिएको छ। बालबालिका बोकेका परिवार रातभर सडकमै थकित छन् भने धेरैले खानेपानी र खानाको खोजीमा भौँतारिनु परेको छ। कतिपय स्थानमा यात्रु र सुरक्षाकर्मीबिच वादविवाद समेत भएको छ।

नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका अध्यक्ष भीमज्वाला राईले तत्काल सम्पूर्ण स्रोतसाधन परिचालन गरी पहिरो पन्छाउन र यातायात सुचारु गर्न सरकारसँग माग गरेका छन्। साथै, विपद्मा परेकाहरूलाई खानेपानी र खाद्यान्न उपलब्ध गराउन तत्काल उद्धारको अपिल पनि गरिएको छ।

तस्वीरहरू, भरतपुरबाट : केशव थापा (निरू) 
चुम्लिङटार र रातमाटेबाट : ललित चन्द

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार