सडकमा फँसेका मजदुरको उद्धारका लागि नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको टिम परिचालन

आइतबार, ०५ असोज २०८२

काठमाण्डौं । मुग्लिङ–नारायणगढ सडकखण्ड अन्तर्गत तुइन खोला पुल नजिक गएको असोज ३ गते साँझदेखिको पहिरोले राजमार्ग अवरुद्ध भएपछि सडकमा फँसेका यातायात मजदुरहरूको उद्धारका लागि नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले टिम परिचालन गरेको छ।

सडक करिब ४० घण्टादेखि अवरुद्ध हुँदा भरतपुरदेखि नागढुङ्गासम्मको सडकखण्डमा करिब ३५ हजार सवारीसाधन अड्किएका छन्। ती सवारीमा काम गर्ने करिब ८० हजार मजदुर र करिब ५ लाख यात्रु प्रत्यक्ष प्रभावित भएका छन्।

संगठनका महासचिव केशव थापा (निरु) को संयोजनमा परिचालित टिमले आपतमा परेका मजदुरलाई तत्काल सम्पर्क गर्न आग्रह गरेको छ। मजदुरले समस्या परेमा महासचिव थापालाई ९८५५०६११५२, संगठन चितवन अध्यक्ष दिपक सिलवाललाई ९८४५०२४४३३ वा कोषाध्यक्ष राजु पौडेललाई ९८५५०५१३६३ मा सम्पर्क गर्न सकिने जानकारी दिइएको छ।

संगठनका अध्यक्ष भीमज्वाला राईले सरकारले तत्काल सक्रियता देखाई सडक खुलाउने पहल गर्नुपर्ने माग गरेका छन्। उनले पाँचवटा लोडर र एउटा एक्साभेटरको भरमा मात्रै पहिरो पन्छाउने काम ढिलो हुने भन्दै सरकारलाई आवश्यक सम्पूर्ण शक्ति प्रयोग गरेर समस्या समाधान गर्न अपिल गरेका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार