युवालाई करियर र नेतृत्वतर्फ उन्मुख बनाउने उद्देश्यसहित ‘करियर क्रसरोड’ कार्यक्रम सम्पन्न

शुक्रबार, १४ कार्तिक २०८२

विराटनगर । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च कोशी र झापा टोस्टमास्टर्स क्लबले संयुक्त रूपमा कात्तिक १३ गते ‘करियर क्रसरोड’ शीर्षकमा एक विशेष कार्यक्रम सम्पन्न गरेका छन्।

कार्यक्रमको उद्देश्य युवाहरूमा उद्यमशीलता, नेतृत्व क्षमता र करियर विकासप्रतिको चेतना अभिवृद्धि गर्नु रहेको थियो। कार्यक्रममा विभिन्न क्षेत्रका युवा व्यक्तित्वहरूले आफ्ना अनुभव र सफलता यात्राहरू साझा गर्दै उपस्थित सहभागीहरूलाई प्रेरित गरेका थिए।

कार्यक्रममा कन्टेन्ट क्रिएटर स्वेता बुढाथोकी, फेसन डिजाइनर नूर श्रेष्ठ, चार्टर्ड एकाउन्टेन्ट राहुल साहेवाला र शिक्षाविद् भिक्टर आइ जोसेफ प्यानलिस्टका रूपमा सहभागी भएका थिए। उनीहरूले युवावस्थामा सामना गर्नुपर्ने चुनौती, पेशागत अवसर र व्यक्तिगत क्षमताको उपयोगबारे आफ्ना विचार प्रस्तुत गरे।

WhatsApp Image 2025-10-31 at 11.25.37 AM

त्यस्तै, फनिन्द्र दाहालले “Unlocking Potential” शीर्षकमा मुख्य वक्ताका रूपमा प्रेरणादायी मन्तव्य दिएका थिए। उनले युवाहरूमा आत्मपहिचान र निरन्तर सिकाइको महत्त्वबारे चर्चा गर्दै करियर निर्माणमा दृढता र लगनशीलताको आवश्यकता औंल्याए।

आयोजक संस्थाहरूले यस्ता सहकार्यात्मक कार्यक्रमहरूले युवाबीच नेटवर्किङ, आत्मविश्वास, र नेतृत्व क्षमताको विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्। साथै, आगामी दिनहरूमा पनि युवाको उद्यमशीलता र करियर प्रवर्द्धनका लागि यस्तै प्रभावकारी कार्यक्रम निरन्तर आयोजना गर्ने प्रतिबद्धता जनाइएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार