महावीर पुन मन्त्री बन्दै

आइतबार, ०५ असोज २०८२

काठमाडौं । वैज्ञानिक तथा सामाजिक अभियान्ताका रूपमा परिचित महावीर पुन सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा मन्त्री बन्ने भएका छन् । कार्कीले पुनलाई मन्त्रीको प्रस्ताव राखेकी हुन् ।

राष्ट्रिय अविष्कार केन्द्रका प्रमुख समेत रहेका पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको बालुवाटार स्रोतले जनाएको छ ।

२७ भदौमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेकी कार्कीले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेकी छैनन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार