काठमाडौँ । साताको पहिलो कारोबार दिन नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ११ सय रुपैयाँले बढेको हो ।
शुक्रवार २ लाख १६ हजार रुपैयाँमा कारोबार भएको सुन आज बढेर तोलाको २ लाख १७ हजार एक सयमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेको छ ।
शुक्रवार तोलाको २५ सय ८० रुपैयाँमा किनबेच भएको चाँदी आज २६ सय २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
प्रतिक्रिया