इटहरी । जेनजी आन्दोलनका नाममा गत भदौ २३ र २४ गते इटहरीमा भएको प्रदर्शन र आन्दोलनका कारण प्रभावित भएका वडाहरूको सेवा उपमहानगरपालिकाले अस्थायी रूपमा अन्य वडाबाट उपलब्ध गराउने व्यवस्था मिलाएको छ।
शुक्रबार सार्वजनिक गरिएको सूचनामा नगरपालिकाले आन्दोलनका क्रममा उत्पन्न परिस्थितिले नियमित सेवा प्रवाहमा समस्या भएको र तत्कालका लागि वैकल्पिक व्यवस्था मिलाइएको जनाएको छ। सो निर्णयअनुसार प्रभावित वडाका सेवाहरू अन्य वडाबाट अस्थायी रूपमा सञ्चालन हुनेछन्।
सूचना अनुसार वडा नं। १, २, ३, ४, ५, ६, ७, ८, १०, १२, १३, १४, १६, १९ र २० का सेवाहरू सम्बन्धित वडाबाटै जारी रहनेछन्। तर, वडा नं. ९ को सेवा वडा नं. ६ बाट, वडा नं. ११ को सेवा वडा नं. १२ बाट, वडा नं. १४ को सेवा वडा नं. ७ बाट, वडा नं. १७ को सेवा वडा नं. ५ बाट र वडा नं. १८ को सेवा वडा नं. १ बाट उपलब्ध गराइनेछ।
उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिन बहादुर भट्टराईले जारी गरेको सूचनामा सेवाग्राही, जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालालाई अस्थायी व्यवस्थाबारे जानकारी लिन र आवश्यक सेवा लिन अपिल गरिएको छ।
प्रतिक्रिया