सुनसरीको बराहक्षेत्रमा झाडीभित्र लुकाइएको १० केजी गाँजा बरामद

विहीबार, ०९ असोज २०८२

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ रानी खोलास्थित झाडीमा लुकाइराखिएको अवस्थामा प्रहरीले १० केजी गाँजा बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले बुधबार राति १२ बजेर २० मिनेटतिर विशेष सूचनाको आधारमा उक्त गाँजा बरामद गरेको हो। बराहक्षेत्र–१ रानी खोलाको सडकछेउमा झाडीभित्र बोरामा पोका पारी राखिएको अवस्थामा गाँजा फेला परेको प्रहरीले जनाएको छ।

बरामद गरिएको गाँजालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर, सुनसरीमा ल्याइ अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ। 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार