राम्रो आम्दानी हुने भएपछि कागती खेतीतर्फ आकर्षण

विहीबार, १६ असोज २०८२

रामेछाप : राम्रो आम्दानी हुन थालेपछि रामेछापका कृषकहरू कागती खेतीतर्फ आकर्षित भएका छन्।

अमिलो जातको फल कागतीको बजारमा उच्च माग र राम्रो मूल्य पाइने भएकाले किसानहरूले यसलाई रोजेका हुन्।

एक पटक लगाइएपछि वर्षौँसम्म फल दिने, सामान्य गोडमेल र मल मात्र आवश्यक पर्ने भएकाले अन्य खेतीभन्दा कागती खेती लाभदायक भएको मन्थली नगरपालिका–५ सुनारपानीका किसान भरत कार्की बताउँछन्।

उनका अनुसार बाँदरलगायत जङ्गली जनावरले अन्य बाली नष्ट गर्ने तर काँडा भएको र अमिलो हुने भएकाले कागतीलाई भने नचलाउने भएकाले यस खेती सहज हुन्छ।

कार्कीले आफ्नो २० रोपनी जग्गामा करिब एक हजार बोट कागती लगाएका छन्। धेरै पानी नचाहिने र भिरालो जमिनमा समेत उत्पादन लिन सकिने भएकाले यसबाट वार्षिक ६ लाख रुपैयाँभन्दा बढी आम्दानी हुने उनको दाबी छ।

“सिजनको बेला पनि कागती प्रतिकिलो एक सय रुपैयाँमा बिक्री हुन्छ। राम्रो भाउ आउँदा प्रतिकिलो २५० रुपैयाँसम्म पर्छ,” उनले बताए। कागती तुरुन्त बिग्रँदैन, आवश्यक परे रस, अमिलो वा अचार बनाएर पनि बिक्री गर्न सकिने भएकाले यसको बजारमा सधैँ माग रहने उनले जोड दिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार