नर्सको आन्दोलनले विराट टिचिङको सेवा प्रभावित, इमर्जेन्सी सेवा पनि बन्द

शनिबार, ०१ कार्तिक २०८२

विराटनगर । तलबवृद्धिको माग गर्दै विराट टिचिङ अस्पतालका नर्सिङ स्टाफ आन्दोलित भएका छन् । उनीहरूले काम छाडेपछि अस्पतालले नयाँ बिरामी भर्ना लिन रोक लगाएको छ ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डेनिस कार्कीका अनुसार हाल अस्पतालमा करिब ४५० बिरामी उपचाररत छन् । नर्सहरूको अभावमा ती बिरामीहरूको सेवाका लागि वैकल्पिक व्यवस्था गर्नुपर्ने अवस्था आएको कार्कीले बताए ।

“नियमित रूपमा कार्यरत नर्सहरूले काम नगरेका कारण अहिले मेडिकल कलेजका विद्यार्थी नर्सहरूबाट काम चलाइरहेका छौँ,” उनले भने ।

अस्पतालले हाल जटिल तथा बालरोग विभागका बिरामीहरूलाई अन्य अस्पतालमा रेफर गर्ने तयारी गरिरहेको कार्कीले जानकारी दिए । उनले यस विषयमा जिल्ला प्रशासन कार्यालय, मोरङलाई पनि जानकारी गराइसकेको बताए ।

उनका अनुसार नर्सहरूले उठाएका मागहरू अस्पताल प्रशासनको अधिकारक्षेत्रभन्दा बाहिर भएकाले सरकारले नीतिगत रूपमा समाधान गर्नुपर्नेछ ।

इमर्जेन्सी कक्षमा समेत नयाँ बिरामी भर्ना हालका लागि बन्द गरिएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार