काठमाडौँ : इजरायलले हमासबाट मारिएका नेपाली युवा बिपिन जोशीलाई आइतबार अन्तिम बिदाई गर्ने भएको छ ।
बन्धक र बेपत्ता रहेका परिवारको फोरमले स्थानीय समय अनुसार आइतबार बिहान साढे ९ बजे आर्मर्ड ब्रिगेड मेमोरियल (बेन गुरियन विमानस्थल) मा बिदाई गर्ने जानकारी दिएको छ ।
फोरमले भनेको छ- 'इजरायलका जनताले हमासद्वारा अपहरण गरी बन्धक बनाइएका निर्दोष पीडित बिपिन जोशीको मृत्युमा शोक मनाउँदै गहिरो शोकमा शिर झुकाउनेछन् ।
इजरायलमा कृषि अध्ययन गर्न मन पराउने यस विद्यार्थीलाई उनको नेपाल फर्कने अन्तिम यात्रामा साथ दिन र अन्तिम श्रद्धाञ्जली अर्पण गर्न जनता र मिडियालाई आमन्त्रित गरिएको छ ।'
साथै इजरायल सरकारले स्थानीय समय अनुसार बिहान बिहान १० बजे विपिनको सम्मानमा राज्यस्तरीय स्मृति समारोह आयोजना हुने फोरमले जनाएको छ ।
२०२४ को अक्टोबर ७ मा हमासबाट अपहरित विपिनको शव असोज २७ गते राति इजरायली सेनालाई हस्तान्तरण गरेको थियो । साथै इजराली सेनाले हमासले विपिनको हत्या, अपहरण गरेको केहि महिनामै गरेको अनुमान गरेको छ ।
प्रतिक्रिया