विराटनगर । उदयपुरबाट प्रहरीले ८ किलोग्राम गाँजासहित बिहीबार दिउँसो १ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले रौतामाई गाउँपालिका–८ का ५० वर्षीय डिकबहादुर लुंगेली मगरलाई लागूऔषध गाँजासहित पक्राउ गरेको हो ।
त्रियुगा नगरपालिका–११ चप्पनबाट दिउँसो २ बजेतिर उनी पक्राउ परेका हुन् ।
शंका लागेपछि उनको साथमा रहेको जेब्रा झोला नियन्त्रणमा लिएर खानतलासी गरेको प्रहरीले ८ किलो गाँजा फेला पारेको थियो ।
त्यसपछि पक्राउ गरेर मगरलाई जिल्ला प्रहरी कार्यालय लगिएको छ ।
प्रतिक्रिया