आगलागीबाट लाखौंको क्षति

विहीबार, २८ बैशाख २०८०
इलाम । इलामको माइ नगरपालिका २ जरायोटारका पूर्णबहादुर माबोहाङ्ग लिम्बूको घर बिहिवार जलेर नष्ट भएको छ । घर जलेर नष्ट हुँदा १० लाख रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । लिम्बूको ६ वटा कोठा भएको दुई तले घर आगलाीमा परी नष्ट भएको हो । आगोलागी के कारण भएको हो खुल्न सकेको छैन । चार जनाको परिवार बस्दै आएको लिम्बूको परिवारमा कोही नभएको समयमा आगलागी भएको हो । बिजुली सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । लिम्बूको घरमा रहेको करिव ३० मन धान, चाँदीको गरगहना, लत्ता कपडा, भाडाबर्तन लगायत जलेर नस्ट भए । आगलागीको माई २ का वडाध्यक्ष उर्दबहादुर राई, वडा सचिव बिष्णु कट्टेल, वडा सदस्य कुन्ता पाण्डे, नेपाल प्रहरीको टोली लगायतले स्थलगत अनुगमन गरी क्षतिको विवरण लिएको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार