पाँचथर/ पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ मा वनमा लागेको आगो फैलिएर घरमा पुग्दा जलेर शारीरिक अपांगता भएका १ जना युवकको मृत्यु भएको छ ।
वनमा लागेको आगोले प्रेम नेम्वाङको २ तले घर जलेर पूर्ण रूपमा ध्वस्त भएको छ । आगोले शारीरिक रूपमा अपांगता रहेका प्रेमका छोरा ३२ वर्षीय मनकुमार नेम्वाङको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । वनको आगो फैलिएर बिहीबार दिउँसो १ बजेतिर घरमा सल्किएको थियो । शारीरिक अपांगता रहेका मनकुमार भाग्न नसक्दा आफ्नै घरमा जलेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घर जलेर पूर्ण रूपमा ध्वस्त भएपछि दिउँसो ४ बजेतिर आगो नियन्त्रणमा आएको थियो । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।
प्रतिक्रिया