धनकुटामा १७ बोरा गाँजा बरामद

शनिबार, ३० बैशाख २०८०
धनकुटा । धनकुटा प्रहरीले मुलघाटबाट १७ बोरा गाँजा बरामद गरेको छ । शनिबार बिहान को १ ख ३३६७ नम्बरको मिनी ट्रकमा लैजाँदै गरेको करिब पाँच सय किलो गाँजा बरामद गरिएको प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिए । जाँचका लागि रोक्न खोज्दा गुडिरहेको गाडी छाडेर चालक भने भागेको उनको भनाइ छ । भाग्दै गरेका ट्रक चालकलाई समाउन खोज्दा मुलघाट चौकीमा कार्यरत प्रहरी सहायक हवल्दार शेरबहादुर तामाङ घाइते भएका छन् । उक्त मिनी ट्रक जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ । फरार चालकको खोजी भइरहेको छ भने बरामद गरिएको गाँजाबारे थप अनुसन्धान भइरहेको श्रेष्ठले जनाए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार