प्रमुख सचेतक राईको निरन्तर खबरदारीः आजबाट सडक मर्मत सुरु

सोमबार, ०१ जेठ २०८०
खोटाङ । निर्माण व्यवसायीको धरौटी रकमबाट खर्च हुने गरी आज सोमबारबाट गाईघाट–दिक्तेल सगरमाथा लोकमार्गअन्तर्गत महुरे–सिम्पानी सडक खण्डको काम हुने भएको छ । नेपाली कांग्रेस कोशी प्रदेश महामन्त्री एवं नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक भुपेन्द्र राईको निरन्तर ताकेतापछि निर्माण व्यवसायीको धरौटी रकमबाट खर्च हुने गरी सडक विभागले सडक मर्मतको काम आफैँ सुरु गर्ने भएको हो । सडक निर्माणको जिम्मा पाएका निर्माण व्यवसायी भारत कन्ट्रक्सन र सिद्धिसायी कम्पनीले असारसम्ममा सडक निर्माण कार्य सम्पन्न गनुपर्ने छ । निर्माण व्यवसायी कार्यालयको सम्पर्कभन्दा बाहिर रहेकोले कार्यालयले निर्माण व्यवसायीहरुको धरौटीबाट रकम काटिने गरी आफैँ मर्मतको कार्य थालेको हो । सोमबारदेखि कार्यालयबाट २ वटा टिपर र १ वटा जेसिभी बाटो मर्मतको लागि लगिने भएको छ । निर्माण व्यावसायी लामो समयदेखि सम्पर्कविहिन भएकाले प्रारम्भिक कारबाहीका रुपमा धरौटी रकमबाट खर्च हुने गरी सडक विभागले बाटो मर्मत गर्न लागेको सडक विभाग उदयपुरका प्रमुख गोपाल खकुरेलले बताए । प्रमुख सचेतक राईले सरकारलाई खबरदारी गर्दै भनेका छन् ‘सरकार खबरदार, निर्माण व्यवसायीको फन्दामा परी ऐन, नियम संशोधन गर्ने र कामै नगर्ने निर्माण कम्पनीहरुको पटक–पटक म्याद थप्ने काम नहोस् ।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार