इटहरी । व्यवहारमा आधारित शिक्षण प्रणालीको सुरुवात गर्ने इटहरी नमुना कलेजमा विश्वस्तरको सुविधा र र विश्व परिवेशमा आधारित शिक्षा उपलब्ध हुने गरेको छ । यस्ता सुविधा भएका कलेज कोशी प्रदेशमा निकै कम छन् ।
मूल्य, मान्यतामा आधारित व्यावहारिक पठन पाठन हुने भएकैले यो कलेजप्रति विद्यार्थी र अभिभावकको आकर्षण निरन्तर बढिरहेको पाइन्छ । प्रभावशाली अध्यापनकै कारण यहाँका विद्यार्थी उत्कृष्ट बन्न सफल भएका छन् ।
कलेजका सञ्चालक समिति अध्यक्ष केशव खड्काका अनुसार उच्च शिक्षा पढ्नका लागि बर्षेनि ठूलो संख्यामा विद्यार्थी संघीय राजधानी काठमाडौं वा विदेशिनु पर्ने अवस्थामा थिए । खोजेजस्तो कलेज नभएर विद्यार्थीहरु अध्ययन गर्न बाहिर जानुपर्ने परिस्थिति पक्कै पनि सुखद नभएको उल्लेख गर्दै खड्काले युवा शक्तिलाई नेपालमै रोक्नुपर्छ भन्ने उद्देश्यले इटहरी नमुना कलेजको परिकल्पना गरिएको बताउँछन् ।
इटहरी उपमहानगरपालिका वडा ८ मा स्थापना गरिएको इटहरी नमुना कलेज वास्तवमै नमुना शिक्षण संस्थाका रुपमा चिनिएको छ । शान्त वातावरण, सुविधासम्पन्न पूर्वाधारमा सिकाई, पर्याप्त स्रोतको उपलब्धता, अनुभवी र दक्ष शिक्षक, अत्याधुनिक कम्युटर सहितको ल्याब, ई–लाइब्रेरीको व्यवस्था, साइन्स ल्याब, अनुभवी सेफ सहितको होटल म्यानेजमेन्ट ल्याबका साथै विद्यार्थीहरुका लागि यातायातको सहज सुविधा पनि उपलब्ध छ ।
क्याम्पस प्रमुख धर्म न्यौपानेका अनुसार नमुना कलेजको कक्षा र अन्य कलेजको कक्षामा मुख्य रुपमा दुईवटा भिन्नता छ । एउटा हो– पाठ्यक्रम । अनि अर्को अध्यापनको तरिका । अन्य कलेजले पढाउँदा सरकारले तयार गरेको पाठ्यपुस्तकलाई मात्र आधार मानेर अक्षरस पढाउने गरिन्छ । पाठ कण्ठ गर्ने विद्यार्थी राम्रो मानिन्छ । तर यस्तो परम्परागत शैली व्यावहारिक नहुने भएकाले सुधार हुनुपर्छ भन्नेमा जोड दिने गरिएको न्यौपानेको भनाइ छ ।
यो कलेजमा सिसिआरसि प्रणाली लागू भएको छ । अर्थात विश्वका वैज्ञानिक, शिक्षाविद्, अनुसन्धानकर्ताहरुले गरेको अध्ययन अनुसन्धान र अनुभवहरुका आधारमा बच्चाको मानसिक विकास कसरी हुनसक्छ ? कसरी उनीहरुले सहज रुपमा धेरै ज्ञान हासिल गर्न सक्छन् भन्ने कुराको निष्कर्ष तथा नीतिका आधारमा तयार पारिएको अध्यापन शैली नै सिसिआरसि प्रणाली हो । यसअनुसार विद्यार्थीहरुमा अन्तर्निहित प्रतिभालाई प्रष्फुटन गर्न शिक्षकले सघाउँछन् । शिक्षकको सहजीकरणले विद्यार्थीमा प्रतिभाको अझ विकास हुँदै जाने हुन्छ ।
वर्तमान विश्वबजारलाई बुझ्न सक्ने र प्रतिस्पर्धा गर्न सक्ने गरी पढाउनुपर्छ भन्ने मान्यताका आधारमा विद्यार्थीको चौतर्फी विकासलाई कलेजले ध्यान दिएको सञ्चालकहरुको भनाइ छ ।
कामको अनुभवबाट व्यावहारिक सिकाईमा सहयोग गर्ने, सहभागितामूलक ज्ञान आदानप्रदान गर्ने, त्यसैको माध्यमद्वारा प्रश्न र प्रसंगहरु उठान, त्यसको खोज, समाधान गर्न सिकाउँदै उच्च तहको शिक्षाका लागि विद्यार्थीलाई तयार गर्ने रणनीति कलेजले अवलम्बन गरेको छ ।
कक्षा ११ र १२ मा बारम्बार सर्वोत्कृष्ट नतिजा ल्याएको यस कलेज कोशी प्रदेशमै अब्बल मानिन्छ । हालै मात्र कलेजमा अध्ययरत विद्यार्थी निशान महत र आशिष हलुवाई ‘ब्याचलर अफ होटल म्यानेजमेन्ट’ को क्रमशः तेस्रो र ५औ सेमेस्टरमा प्रदेशमै उत्कृष्ट बनेका थिए ।
कलेजमा हाल ११ र १२ कक्षामा साइन्स, होटल म्यानेजमेन्ट, कानुन, कम्प्युटर साइन्स र व्यवस्थापन संकायमा पढाई हुनुका साथै स्नातकतर्फ बिएचएम, बिसिए, बिबिए, बिएसडब्लु, र बिबिएस तथा मास्टर्समा एमबिए अध्यापन गराइँदै आएको छ ।
प्रतिक्रिया