शर्मालाई क्रियाशील महिला पत्रकारिता पुरस्कार

बुधबार, १० साउन २०८०
पोखरा । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिकी उपाध्यक्ष सोनी शर्मालाई क्रियाशील महिला पत्रकारिता पुरस्कार २०७९ प्रदान गरिएको छ। करिव दुई दशकदेखि पत्रकारितामा सक्रिय शर्मालाई शुक्रबार पोखरामा आयोजित सम्मान समाराेहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शिक्षासेवी स्व .हरिशचन्द्र वाग्ले क्रियाशील महिला पत्रकारिता पुरस्कार प्रदान गरेका हुन। पुरस्कार अर्पण समारोहमा बोल्दै गण्डकीका मुख्यमन्त्री पाण्डेले केही युट्युव च्यानल र पत्रकारहरुका गतिविधिका कारण पत्रकारिताक्षेत्र बद्नाम हुँदै गएको भन्दै पत्रकारले सत्य समाचार सम्प्रेषण गर्नुपर्ने बताए। संचार क्षेत्रमा महिला पत्रकारहरुलाई समान अवसर र पहुँच स्थापित गराउनुपर्ने भन्दै पाण्डेले गण्डकी प्रदेश सरकारले ल्याउन लागेको मिडिया विधेयकले निश्पक्ष, स्वतन्त्र र भयरहित पत्रकारिताको विकासमा सहयोग पुग्ने बताए। शिक्षासेवी स्वर्गीय हरिशचन्द्र वाग्लेको स्मृतिमा उनको परिवारबाट १ लाख ११ हजार १११ रुपैयाँको अक्षयकोषसहित स्थापित पुरस्कारको संचालक क्रियाशिल पत्रकार महिला – डब्लुडब्लुजे) गण्डकी प्रदेश समिति छ। पत्रकार शर्मा नगद ११ हजार १११ रुपैयाँसहित सम्मानपत्रले सम्मानित भएकी हुन् । विभिन्न सञ्चारमाध्यम कार्यरत शर्मा क्रियाशील पत्रकार महिला तनहुँको संस्थापक अध्यक्ष हुन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार