पोखरा : ‘पोखराको नवयुग’ नामक पत्रकार सम्मेलन मङ्गलवार सम्पन्न भयो, जहाँ इन्नोभेट नेपाल ग्रुप (ING) ले फिष्टेल माउन्टेन कलेजमार्फत पोखरामै विश्वस्तरको सूचना प्रविधि (IT) शिक्षाको नयाँ युग सुरु भएको औपचारिक घोषणा गर्यो।
कार्यक्रममा ING का संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकीले समूहले नेपालमा सूचना–प्रविधि क्षेत्रमा पुर्याउँदै आएको दीर्घकालीन योगदानबारे विस्तृत जानकारी प्रस्तुत गरे।
उनले नेपालभरि प्रतिभा विकास, शिक्षा–उद्योग सहकार्य, स्टार्टअप तथा टेक उद्यमशीलता विस्तार, साथै विश्वस्तरीय परियोजनामार्फत युवालाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सक्षम बनाउँदै आएको ING को यात्राबारे धारणा राखे।
कार्यक्रममा Vairav Tech का उल्लेखनीय उपलब्धिहरू पनि प्रस्तुत गरिए। विशेषगरी पेरिस ओलम्पिक्स 2024 का लागि साइबर सुरक्षामा गरेको सहभागिताले नेपाली युवाहरू विश्वस्तरमा काम गर्न सक्षम भएको प्रमाण प्रस्तुत गरेको आयोजकहरूले बताए।
त्यसैगरी Innovate Tech तथा ING Tech ले विश्वभरका कम्पनीबाट बाह्य (outsourced) आइटी परियोजनाहरू नेपालमा ल्याई हजारौँ अभ्यास तथा रोजगारी अवसर सिर्जना गर्दै आएको तथ्यसमेत कार्यक्रममार्फत सार्वजनिक गरियो।
कार्यक्रमको प्रमुख आकर्षणमध्ये एक थियो Global AI Teams Initiative। यसअन्तर्गत—
नेपाली एआई इन्जिनियर तथा डेभलपरहरूको क्षमतालाई विश्वमञ्चमा स्थापित गर्ने लक्ष्य,
ठुलो लगानीसहित नेपालभरिका आइटी तथा एआई प्रतिभालाई अन्तर्राष्ट्रिय परियोजनामा प्रत्यक्ष काम गर्ने अवसर,
एआई सीपलाई विश्वस्तरमा प्रतिस्पर्धी बनाउन दीर्घकालीन कार्यक्रम सञ्चालन
समेत घोषणा गरियो।
यससँगै UK मा दर्ता गरिएको, पूर्ण रूपमा साइबर सुरक्षा सेवामा केन्द्रित नयाँ कम्पनीको पनि घोषणा गरियो, जसको नेतृत्व Vairav Tech का सदस्यहरूले गर्ने छन्। यसले नेपाली साइबर–सुरक्षा क्षमतालाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन योगदान गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा फिष्टेल माउन्टेन कलेजको नयाँ लोगो पनि सार्वजनिक गरियो। कलेजलाई Super Focused आइटी कलेजको रूपमा विकास गर्दै उद्योग–अनुसन्धानमा आधारित शिक्षा, अत्याधुनिक पाठ्यक्रम र भविष्यका टेक नेतृत्वकर्ताहरू उत्पादन गर्ने लक्ष्य औपचारिक रूपमा प्रस्तुत गरियो।
ING ले एक वर्षभित्र पोखरामै कम्तीमा एक प्रविधि कम्पनी स्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्यो, जसले विद्यार्थीलाई अध्ययनसँगै रोजगारी, उद्योग exposure र वास्तविक परियोजनामा काम गर्ने अवसर प्रदान गर्नेछ।
कार्यक्रमको अन्त्यतिर हेराल्ड कलेज काठमाडौँका CEO प्रकाश श्रेष्ठले ING र University of Wolverhampton को सहकार्यमा फिष्टेल माउन्टेन कलेजमार्फत पोखरामा ल्याइँदै गरिएको अन्तर्राष्ट्रिय स्तरको शिक्षा, शैक्षिक मोडेल, मान्यता तथा विद्यार्थीलाई प्राप्त हुने अवसरबारे विस्तृत जानकारी प्रस्तुत गरे।
यो पहलले पोखरालाई आइटी शिक्षादेखि उद्योग विकाससम्मका क्षेत्रमा तीव्र गतिमा अगाडि बढाउने विश्वास व्यक्त गरियो। फिष्टेल माउन्टेन कलेज र ING को प्रविधि इकोसिस्टमका कार्यक्रमहरूले नेपाली युवालाई उच्च दक्षता, अन्तर्राष्ट्रिय exposure र करियर अवसर प्रदान गर्दै नयाँ दिशा खोल्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया