बालिका बलात्कार आरोपमा प्रधानाध्यापक पक्राउ

मंगलबार, १२ भदौ २०८०
काठमाडौं । १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ प्रहरीले विद्यालयका प्रधानाध्यापकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ज्यामिरेमाई प्राविका प्रधानाध्यापक ऋषिङ गाउँपालिका–७ का झुलबहादुर थापा छन् । पीडित परिवारले भदौ ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि उनी पक्राउ परेका हुन् । घटनापछि फरार रहेका थापालाई सोमबार साँझ लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिकाको भोर्लेटारबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार