प्रारम्भिक यसको अध्ययन भइसकेको जानकारी दिंदै मन्त्री डा. महतले भने, ‘अब थप डिपिआरसहितको अध्ययन भएपछि निर्माण प्रकृया अगाडि बढ्छ । सुरुङमार्गको अध्ययन महत्वपूर्ण पक्ष हो । धेरै पक्षमा ध्यान पुर्याउनुपर्ने भएकाले अध्ययन सबैभन्दा जटिल र महत्वपूर्ण छ । अध्ययन सकिने वित्तिकै सुरुङमार्गको काम अगाडि बढ्छ ।’
सडक सञ्जाल सदरमुकाम विदुरसम्म मात्र होइन, रसुवा नाकासम्म स्तरोन्नति हुन्छ । पृथ्वी राजमार्गको ट्राफिक र अन्तर्राष्ट्रिय व्यापारका लागि यही बाटो सबैभन्दा छोटो हुने उनले बताए ।
यी आयोजना निर्माण हुँदा सबैभन्दा बढी प्रभाव लिखु गाउँपालिकामा पर्ने उनले बताए ।
कार्यक्रममा उनले भने, ‘काठमाडौंसँग जोडिएको नुवाकोट जिल्ला डा। रामशरण महत अर्थमन्त्री भएपछि विकासमा जोडिएको बताउनु भयो । यहाँको स्कुल, अस्पताल र सिँचाइको सञ्जाल निर्माण भयो । त्यसपछि नुवाकोटवासीले उन्नति र प्रगति गर्ने अवसर पाए । हजारौं नुवाकोटवासीले रोजगारीमा अवसर पाए । यसलाई हामी निरन्तरता दिन चाहन्छौं ।’
प्रतिक्रिया