काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले अर्थतन्त्र सहज नभएकाले सरकारी कर्मचारीको सेवा सुविधा बढाउन नसकिएको प्रष्टिकरण दिएका छन् ।
आइतबार काठमाडौंमा आयोजित कर्मचारी सञ्चय कोषको ३२औँ वार्षिकोत्सव कार्यक्रममा उनले देशमा अर्थतन्त्र सहज अवस्थामा नभएकोले भत्तालगायत सेवा सुविधाहरु नदिने निर्णय गर्नु परेको प्रष्टिकरण दिएका हुन् ।
‘कोषमाकार्यरत कर्मचारिहरुको सुरक्षा सेवाको कुराहरुमा समय समयमा अर्थमन्त्रालयको तर्फबाट दिनुपर्ने अनुमति छ । सेवासुविधा वृद्धिका कुराहरु छ त्यसप्रति अर्थमन्त्रालय सकारात्मक छ’ उनले भने ।
उनले कर्मचारीहरुको सुरक्षा र सेवाको लागि अर्थमन्त्रालय सकारात्मक रहेको बताए । देश विकास, सुशासन र रुपान्तरणमा सञ्चय कोषको महत्वपूर्ण भूमिकाको अपेक्षा गरेको उनको भनाई छ ।
प्रतिक्रिया