स्वदेशी तथा विदेशी ब्राण्डका उच्च गुणस्तरका सामानहरु पाइने उक्त स्टोरमा झापा जिल्लासहित आसपासका छिमेकी जिल्ला तथा भारतका सीमावर्ती शहरबाट समेत ग्राहकहरु किनमेलका लागि आउने विश्वास भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङको छ ।
नेपालमै अन्तर्राष्ट्रिय स्तरको सपिङ अनुभव र सेवा प्रदान गर्ने तथा नेपालमै रोजगारीको अवसर सृजना गर्ने उद्देश्य सहित देशभरका ठूला शहरहरुमा भाटभटेनीको स्टोर विस्तार गरिएको उनी बताउँछन् ।
देशमा व्याप्त आर्थिक मन्दीका कारण व्यापार व्यवसायमा निरासा छाएको बेला भाट्भटेनीको सञ्चालनले पूर्वी नेपालको आर्थिक विकासमा थप टेवा पुग्ने देखिन्छ ।
उपभोक्तालाई बजार मूल्यभन्दा सस्तो एवम् गुणस्तरीय सामग्री एकै ठाउँबाट उपलब्ध गराइने भएकोले सामानको मूल्य र गुणस्तरमा ग्राहक ठगिन नपर्ने क्षेत्रीय व्यवस्थापक बिनोद भट्टराईले बताए ।
भाटभटेनी व्यवसाय मात्र नभै रोजगारी आभियान पनि रहेको हुँदा हालसम्म १० हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी प्राप्त गरेको जनाइएको छ । बिर्तामोडको स्टोरमा पनि यस क्षेत्रका करिब ३०० स्थानीयले रोजगार प्राप्त गरेको अध्यक्ष गुरुङ बताउँछन् ।
उद्घाटनका वसरमा ग्राहकलाई प्रत्येक सामानको खरिदमा १० प्रतिशत तथा इलेक्ट्रोनिक्स सामानमा २० प्रतिशतसम्म छुटको ब्यवस्था पनि रहेको स्टोरका चिफ अपरेसन म्यानेजर पानु पौडेलले बताए ।
यस स्टोरमा ग्रोसरी, किचनवेयर, रेडिमेड गार्मेन्ट, फुटवेयर, इलेक्ट्रोनिक्स, ब्रान्डेड गार्मेन्ट, ब्रान्डेड फूट्वेर, फूड्कोर्ट, मल्टिप्लेक्स सिनेमा हल तथा बालबलिका का लागि किडजोन तथा स्केट पार्क लगयतका सुविधा हरु रहने भाटभटेनीले जनाएकोे छ ।
झापाको दमकमा समेत आगामी बैशाख सम्ममा २७औ स्टोर सञ्चालनमा आउने भाटभटेनीले जनाएको छ ।
प्रतिक्रिया