काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिकामा बसोबास गरिरहेका गैरआवासीय नेपालीहरुलाई नेपालमा निर्धक्क लगानी गर्न आग्रह गरेका छन् ।
संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भाग लिन अमेरिका पुगेको नेपाली प्रतिनिधिमण्डलको स्वागत एवं सम्मानमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् ।
त्यस अवसरमा नेपाली महावाणिज्य दूतावास, न्यूयोर्कले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो ।
प्रधानमन्त्रीले नेपालमा लगानीको वातावण बन्दै गएको भन्दै विदेशमा रहेका नेपालीहरुको सीप, क्षमता र लगानी बिना मुलुक अघि बढ्न नसक्ने बताए ।
गैरआवासीय नेपाली समुदाय तथा व्यवसायी एवं विज्ञहरुबीच गरिएको अन्तरक्रिया कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुले कार्यपत्र प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया