टाटा स्टिलका आफ्नै फलाम खानि र प्रशोधनका कारखानाहरू भारतका विभिन्न स्थानहरूमा १ सयभन्दा बढीको संख्यामा छन् ।
स्वस्तिक रोलिङले टाटा स्टिलबाट आयात गरेको कच्चा पदार्थ स्पन्ज आइरनबाट बिलेट उत्पादन गर्दछ ।
उद्योगका निर्देशक राठीले उद्योगबाट उत्पादन सुरु भएको एक वर्ष नपुग्दै टाटा स्टिलबाट बेस्ट भ्यालुड कस्टमर अवार्ड पाउनु खुशी र गौरवको विषय भएको प्रतिक्रिया व्यक्त गरे ।
निर्देशक राठीले केही समययता उद्योगले टीएमटी छडको उत्पादन र बजारीकरणलाई प्राथमिकतामा राखेको र ७ देखि ४० एमएम सम्मका छडको उत्पादन गरिरहेको जानकारी दिए ।
उनले उद्योगका ‘बजरंग’ ब्रान्डका छडहरूको ग्रिपिङ उच्च स्तरको भएकाले यसले मसला बलियो गरी समात्न सक्ने स्पष्ट पारे ।
राठीको भने, ‘हामी गुणस्तरप्रति सधैँ सचेत छौँ । छोटो समयमा हामीले अवार्ड पाउनुको कारण पनि यही हो ।’
प्रतिक्रिया