अम्बे कोशी सहकारीका बचतकर्ता द्वारा प्रदर्शन,बचत फिर्ता नदिएको भन्दै रजिष्टार कार्यालयको ध्यानाकर्षण

आइतबार, ०७ असोज २०८०

इटहरी । सुनसरीको इटहरीमा रहेको  अम्बे-कोशी बचत तथा ऋण सहकारी संस्थाले बचत गरेको रकम फिर्ता नदिए भन्दै आज इनरुवामा प्रदर्शन गरेका छ्न । बचत गरेको रकम पटक-पटक माग्दा समेत फिर्ता माग्दा नदिएको भन्दै बचतकर्ताहरुले कोशी प्रदेश सहकारी रजिष्टार तथा प्रशिक्षण कार्यालय इनरुवाको ध्यानाकर्षण समेत गराएका छन् ।

लामो समयदेखि आफूहरुले गर्दै आएको बचत रकम फिर्ता मागेपनि अम्बे कोशी बचत तथा सहकारीले फिर्ता नदिएको भन्दै पीडितहरुले सहकारी रजिष्टार तथा प्रशिक्षण कार्यालय इनरुवाको ध्यानाकर्षण गराएका हुन् । पीडितहरुले प्रदेश सहकारीको कार्यालयमा पुगेर अम्बे सहकारीविरुद्ध नारावाजी गरेका थिए ।पीडितहरुले आज दुर्गाप्रसाद कोइरालाको सम्योजकत्वमा १३ सदस्यीय सङघर्श समिती समेत गठन गरेका छ्न । पीडितहरुले अम्बे-कोशी बचत पीडित संघर्ष समिति बनाएर आफूहरुले जम्मा गरेको रकम फिर्ता पाउनु पर्ने माग गर्दै आएका छन् । हाल सम्म ३७ करोड बढी रकम बचतकर्ताहरुको रकम बचत फिर्ता गर्न बाकी रहेको पीडितहरुले बताएका छ्न । सहकारी संस्थाले बचतकर्ताको रकम फिर्ता नगर्दा पाँच हजारभन्दा बढी सेवाग्राहीहरू मारमा परेको उनीहरुले दावी गरेका छन् । बचत रकम फिर्ताको माग गर्दै आएका बचतकर्ताको रकम फिर्ता नदिएर बजारमा दैनिक र साप्ताहिक बचत भने संकलन गरिरहेको उनीहरुको आरोप छ । बचतकर्ताहरु सहकारीबीच वार्ताका लागि आफूहरुले पहल गरिरहेको सहकारी प्रशिक्षण कार्यालयका शिव नेपालले जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार