उद्योगहरुले ग्यास बजारमा लैजाँदा उपभोक्ताको सुरक्षालाई प्राथमिकतामा राख्नुपर्छः मन्त्री रिजाल

मंगलबार, ०९ असोज २०८०
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सबै ग्यास उद्योगलाई जिउ धनको सुरक्षालाई प्राथमिकतामा राखेर उत्पादनलाई बजारमा ल्याउन आग्रह गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित नेपाल एलपी ग्यास उद्योग संघको २८औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् । एलपी ग्यास सुरक्षाका दृष्टिकोणले अत्यन्तै संवेदनशील बस्तु भएकाले सबै ग्यास उद्योगले आम उपभोक्ताको जिउ धनको सुरक्षालाई प्राथमिकतामा राखेर आफ्नो उत्पादनलाई बजारमा ल्याउन मन्त्री रिजालले आग्रह गरे । उनले भने, ‘एलपी ग्यास सुरक्षाको दृष्टिकोणले अत्यन्तै संवेदनशील बस्तु हो । सबै ग्यास उद्योगले आम उपभोक्ताको जिउ धनको सुरक्षालाई प्राथमिकतामा राखेर आफ्नो उत्पादनलाई बजारमा ल्याउने छन् भन्ने विश्वास छ ।’ ग्यास उद्योगले राजस्व अभिवृद्धि रोजगारी सिर्जना गरी आर्थिक क्षेत्रलाई चलायमान ठूलो योगदान पुर्याएकाले सरकारले उद्योग व्यवस्थित गरी कारोबारलाई सर्वसुलभ बनाउन कानूनी र नीतिगत सुधार गर्ने उनले बताए । ‘ग्यास उद्योगहरुले राजस्व अभिवृद्धि रोजगारी सिर्जना गरी आर्थिक क्षेत्रलाई चलायमान ठूलो योगदान गरेका छन्’ मन्त्री रिजालले भने, ‘एलपी ग्यास उद्योग व्यवस्थित गरी कारोबारलाई सर्वसुलभ बनाउन सरकारले के कस्ता कानूनी र नीतिगत सुधार गर्नुपर्छ अवश्य गर्दै जाने छ ।’ उनले व्यावसायिक निष्ठालाई कायम राख्दै ग्यास उद्योगलाई व्यवस्थित र सुरक्षित उद्योगको रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार