रुसी सेनामा भर्ती भएका धेरै नेपाली गोली लागेर छटपटाइरहेको र आफू जस्तै धेरै साथीहरू फसेकाले सबैलाई उद्धार गर्न पनि ती युवाले नेपाल सरकार र त्यहाँस्थित नेपाली दूतावासलाई अनुरोध गरेका छन् । ‘मजस्तै धेरै दाजुभाइ यहाँ छट्पटाउँदै उद्धारको पर्खाइमा छौं, हामीलाई तत्काल सहयोग गर्नुहोस्,’ ती युवाले भनेका छन्, ‘यहाँ कोही पनि नआउनु । यहाँ एकदम डेन्जर छ । ९९ प्रतिशत मर्ने सम्भावना छ । बच्ने सम्भावना त १ प्रतिशत मात्र छ, त्यो पनि घाइते भएर मात्र बच्न सकिन्छ ।’उनले भनेका छन्, ‘मृत्युपछि मेरो देशमा मेरी आमा र मेरो परिवारको छेउमा शव पुग्ने भए गोली खान र मर्न पनि तयार थिएँ, तर त्यो सम्भावना छैन । म नेपाल फर्किन्छु या फर्किन्न त्यो थाहा छैन । भोलिका दिनमा जे पनि हुन सक्छ, सायद भोलिको दिनमा म यो संसारमा नहुन पनि सक्छु, हाम्रा लागि यहाँ बोली दिने कोही पनि छैनन् । यो मेरो नेपालीका लागि उठेको पहिलो पुकार हो, मेरो पुकार नेपाल सरकारसम्म पुगोस् ।’ उनले रुसी सेनामा मृत्यु भएकाको शव नेपालसम्म पु¥याउने व्यवस्था गर्न र क्षतिपूर्ति दिलाउन पनि अपिल गरेका छन् । रुसी सेनामा कार्यरत धेरै नेपाली घाइते तथा अंगभंग भएको र स्थिति भयावह रहेको समेत उनले बताएका छन् । थप एक नेपालीको मृत्यु रुसी सेनामा भर्ती भएका थप एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा रसुवा नौकुण्ड गाउँपालिका–५ का ३२ वर्षीय सुन्दर मोक्तान रहेका छन् । उनको २६ दिनअघि मृत्यु खबर आएको नौकुण्ड गाउँपालिका उपाध्यक्ष चन्द्रबहादुर घलानले बताए । उनको शव ल्याउने’दयगत कुरा भइरहेको गाउँपालिका उपाध्यक्ष घलानले बताए । योसँगै रुसी सेनामा मृत्यु हुने नेपालीको संख्या १२ पुगेको छ । सामाजिक सञ्जाल टिकटकमा सयौं नेपाली युवाहरू रुसी सेनामा भर्ती भएर युक्रेनविरुद्ध युद्ध लागिरहेको भनेर भिडियोहरू पोस्ट भने भइरहेको छ । रुस–युक्रेन युद्धमा रुसका पक्षबाट लड्न ३ देखि ४ हजार जनासम्म नेपाली कार्यरत रहेको अनुमान गरिएको छ । आजको राजधानी दैनिकबाट लिइएको हो ।
प्रतिक्रिया