हात्ती कुनै देशको नागरिक होइन, त्यसैले हात्ती हाम्रै हो : मुख्यमन्त्री कार्की (अन्तर्वार्ता)

आइतबार, १३ फागुन २०८०
इटहरी । तीन जिल्लामा डेढ सय किलोमिटर पदयात्रा गर्दै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सुनसरी आइपुगेका छन् । कार्कीको नेतृत्वमा फागुन ९ गते झापाको बाहुन डाँगीबाट हात्तीको जैविक मार्गमा हात्तीमैत्री पदयात्रा सुरु भएको थियो । यस क्रममा कार्कीले झापा, इलाम र मोरङका विभिन्न वन तथा बस्ती हुँदै यात्रा गरिरहेका छन् । यात्राको क्रममा सुनसरीको इटहरीस्थित तरहरामा आइपुगेका मुख्यमन्त्री कार्कीले प्रदेश खबरसँग गरेको संक्षिप्त कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ः पदयात्राको क्रममा अहिलेसम्म जनताले कस्ता समस्या भोगेको पाउनुभयो ? जनताले भोगेका समस्याहरू विविध छन् । हात्ती हिँड्ने बाटो र आहार मासेको कारणले नै हात्ती हाम्रो घरतिर पसेको भन्ने मत धेरै छ । हात्तीको संरक्षण गर्नुपर्छ हात्ती र जङ्गलको संरक्षण गरेपछि मात्रै हामी सुरक्षित हुन्छांै भन्ने अधिकांश जनताको मत छ । यो पदयात्रा कहाँ गएर टुङ्गिन्छ ? यो पदयात्रा प्रदेशको सिमाना उदयपुर सम्म हो । पदयात्राको सिमाना भएपनि हात्तीको कुनै सिमाना छैन । हात्तीलाई देशको सीमा पनि छैन जिल्ला । नगरपालिकाको सीमा छैन । हात्तीको नागरिकता पनि छैन । भोटलिष्टमा नाम पनि छैन । भोट कार्ड पनि छैन । यो पृथ्वीमा मान्छेसँगै उत्पत्ति भएका जीवहरू जुन छन् । ती जीवहरू सबैको सह–अस्तित्व भएकाले गर्दा यसको रुट चाहिँ ठ्याक्कै कहाँ देख्छौं भन्दा हुलका हुल हात्ती आउँदा उदयपुरको मुसहरनियाबाट सप्तरी गएको देखिन्छ । हुलका हुल हात्ती आउँदा चुरेभन्दा तलबाट गएको देख्छौ । तपाईँले पैदलयात्रा गरिसकेपछि अब हात्तीको जोखिम कम गर्न प्रदेश सरकार कसरी अगाडि बढ्छ ? हामीले पैदलयात्रा गरेका हैनौं । हामीले जङ्गली जनावरलाई कसरी बचाउन सकिन्छ र जनतालाई जनावरबाट कसरी बचाउन सकिन्छ भन्नेबारे जनतासँगै सोधेर जनताले नै दिएकोसमाधान निकाल्ने हो । जनताले नै भन्नुहुन्छ देश विदेशमा काम गरेका एकदम विज्ञ खोज्नु परेको छैन ।यसैकारण पनिजनताले दिएको सुझावलाई नीति कार्यक्रम र बजेटमा सम्बोधन गर्छौ । यो यात्राको क्रममा पीडितहरूलाई भेट्ने क्रममा कस्तो खालका पीडितहरू भेट्नु भयो ? उहाँहरुको समस्यासँग प्रदेश सरकार कसरी जोडिन्छ ? यो चाहिँ कस्तो हो भने सरकार पत्रपत्रिकामा,रेडियो, टिभी न्यूजमा सुन्थ्यौं । र, त्यसकै आधारका यसो बजेट छुट्टाइदिए जस्तो गथ्र्यौँ । त्यसलाई समग्र नीतिगत सम्बोधन भएको थिएन भन्ने मलाई लागिरहेको थियो । त्यस कारण सरकार जनताकै घर दैलोमा जाउँ, जो पीडित छ उसैको कुरा सुनौँ भनेर लागेको छु । यसैपटक मात्रै हात्तीको कारण ६ जनाको ज्यान गुमिसक्यो । ६ जना भनेको प्रदेशको जनशक्ति हुनुहुन्थ्यो । यो प्रदेशको परिवार गुमायौ । हामीले मृतकको परिवारलाई पनि भेट्यौं । त्यसपछि जीविकोपार्जन गर्ने बालीनालीमा असर भएका परिवारलाई पनि भेट्यौं । त्यो परिवारको चाहना हात्ती मास्नुपर्छ भन्ने छैन । जङ्गली जनावर बस्ने जङ्गल त बनाइदिनुस् । जनावर बस्ने जङ्गल बनाइदिनुस् । हाम्रो घर मान्छे बस्ने होस् । जङ्गल जनावरको घर हाम्रो भन्ने उहाँहरूको चाहाना छ । उहाँहरूले त्यही भन्नू भयो । हामीले त्यही पाएका छौं ।हात्ती चाहिँ कुनै देशको नागरिक होइन,कुनै पनि देशको नागरिकता छैन । भोटलिष्ट पनि छैन । त्यस कारणले गर्दा हात्ती पनि हाम्रै हो । हात्ती कहिलेकाहीँ आएन भने त सुन्ने लाग्छ भन्ने आामाहरू पनि भेट्यौं हामीले । अर्को कुरा तपाईँहरूको घर हात्तीले भत्काउँदैन भनेर सोध्दा भत्काउँदैन भन्नुहुन्छ । किन भन्दा घर अगाडि केरा रोपेका छौं, त्यही केरा खान्छ । अरू असर नै गर्दैन भन्ने मान्छेपनि पदयात्राको क्रममा भेट्टायौं । त्यस कारणले गर्दा हामीले के कन्सेप्ट बनायौं भन्दा हात्ती भोगेका मान्छेहरू र भर्खरै आएर हात्ती देखेका मान्छेहरूबीच पनि फरक छ । पहाड या अन्य ठाउँबाट आउनुभएका व्यक्तिहरू र सधैँ हात्ती भोगिरहेका स्थानीयहरूको बीचमा पनि मतभेद रहेको छ ।भर्खर आएका व्यक्तिहरू हात्ती नियन्त्रण गर्नुपर्छ भन्नुहुन्छ भने हात्ती भोग्दै आएका स्थानीयहरूले हात्ती नआउँदा सुन्ने हुन्छ भन्नुभयो । हात्तीलाई धूप बाल्छौं र खानेकुरा दिन्छांै भन्नुभयो । यात्राको क्रममा सबैतिरका कुराहरू लिएर स्थानीय सरकारसँग समन्वय गर्दै नीति बनाउने छौं । हामी पदयात्रामा हिँडेको नभइ हात्ती प्रभावित जनता भेटेर सरकार हामी सँगै छ भन्ने महसुस गराउन हामी लागिरहेका हौँ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार