इटहरीमा दुई वटा आकासे पुल बन्दै

सोमबार, १४ फागुन २०८०
इटहरी -इटहरीमा ट्राफिक जामको समस्या कम गर्न दुई वटा आकासे पुल बन्ने भएको छ । यहाँको गोल्डेन चोक र गोर्खा डिपार्टमेन्ट अगाडि आकासे पुल बन्ने भएको हो । इटहरी उपमहानगरपालिकाको चालू आर्थिक वर्षको बजेटमा आकासे पुल बनाउन बजेट विनियोजन गरिएको छ । पुल निर्माणको लागि सम्झौता प्रक्रियामा गइसकेको इन्जिनियर जीवन घिमिरेले बताए । ‘हामीले पुल निर्माणको लागि टेन्डर आह्वान गरेका थियौँ । काठमान्डौँको निर्माण कम्पनी रिजेन्सी विल्डर्स प्राइभेट लिमिटेडसँग सम्झौताको प्रक्रिया भइरहेको छ,’ उनले भने । उपमहानगरले उक्त कम्पनीसँग सम्झौताको लागि १५ दिने आशय पत्र जारी गरिसकेको इन्जिनियर घिमिरेले बताए । कम्पनीले चार करोड ५१ लाख ६३ हजार ७५३ रुपैयाँ ३५ पैसामा टेन्डर कबोल गरेको सव इन्जिनियर खेमकुमार श्रेष्ठले बताए । आकासे पुल बनेपछि इटहरीमा हुने गरेको ट्राफिक जामको समस्या र बाटो काट्दा हुने दुर्घटनाको कमीमा सहयोग पुग्ने उनको भनाइ छ । मेयर हेमकर्ण पौडेल भन्छन्, ‘इटहरीमा आकासे पुल निर्माण गर्ने पूर्व माननीयको सपना थियो । उहाँको सपना इटहरीको पनि सपना र इटहरीको आवश्यकता भएकाले हामीले आकासे पुलको परियोजना ल्याएका हौँ ।’ यही चालू आर्थिक वर्षका लागि इटहरीको मुख्य चोकमा दुई वटा आकासे पुल निर्माण गर्न बजेट विनियोजन गरिएको उनले बताए । २ वटा आकासे पुलको कुल लागत अनुमान ५ करोड ४४ लाख ४ हजार ५५४ रुपैयाँ रहेको उपमहानगरले छ । तस्बिर /  सांकेतिक

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार