सीटी सफारीमा सवार तीन जना खैरो हेरोइनसहित पक्राउ

सोमबार, १४ फागुन २०८०
विराटनगर । सीटी सफारीमा सवार रहेका तीन जना विराटनगरबाट लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर)जस्तो देखिने वस्तुसहित पक्राउ परेका छन् । प्रदेश १–००१ ह १७८३ नम्बरको सीटी सफारीमा सवार रहेका विराटनगर महानगरपालिका–१४ का २१ वर्षीय दिपेशसिंह ठकुरी, विराटनगर–१५ का २० वर्षीय सेजन राई र विराटनगर–१७ का १९ वर्षीय शिवम थापामगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई विराटनगर–१३ बाट सोमबार बिहान ७ बजेतिर पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । उनका अनुसार लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले सीटी सफारी रोकेर चेकजाँच गर्दा ठकुरीको साथबाट १४.४० ग्राम खैरो हेरोइनजस्तो देखिने वस्तु बरामद भएको हो । पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको छ । उनीहरुविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाइने डीएसपी दाहालले बताए । प्रहरीका अनुसार लामो समयदेखि तीनै जना सामूहिक रूपमा खैरो हेरोइनको कारोबारमा संलग्न रहेको खुलेको छ । भारतको जोगवनीबाट ब्राउन सुगर भित्राएर नेपालका विभिन्न स्थानमा पुर्याउँदै बिक्री गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार