अध्ययनमा युके जान चाहनेका लागि एक दिने शैक्षिक मेला हुँदै

मंगलबार, १५ फागुन २०८०
इटहरी-नेपालबाट अध्ययनका लागि युके जान चाहनेहरूलाई लक्षित गर्दै इटहरीमा शैक्षिक मेला हुने भएको छ । इटहरीस्थित सेन्ट्रल प्लाजाको तेस्रो तल्लामा रहेको एसआई–युके इटहरीले शैक्षिक मेला आयोजना गर्न लागेको जनाएको छ । यही फागुन १८ गते आफ्नै कार्यालयमा एक दिने शैक्षिक मेला आयोजना गर्न लागिएको सञ्चालक मदन अधिकारीले बताए । उक्त मेलामा विद्यार्थीहरूले परामर्श लिन सक्ने उनको भनाइ छ । कन्सल्टेनसँग सहजै परामर्श लिन सकिने र अध्ययनका लागि युके जान चाहनेहरूले स्पष्टसँग कोर्स छनौटदेखि, स्कलरसिप बारेसमेत बुझ्न सकिने अर्का सञ्चालक गोपाल निरौलाले बताए । युनिभर्सिटी सेलेक्सन, जागिरको अवसरदेखि भिसा प्रोसेस बारेसमेत परामर्श गरिने उनले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार