धनकुटाको पाख्रिबासमा जिप दुर्घटनाका अपडेट: ९ वर्षीया संस्कृतिको मृत्यु , १५ को उपचार जारी

आइतबार, २० फागुन २०८०
धनकुटा- धनकुटाको पाख्रिबासमा आज अपराह्न भएको दुर्घटनामा घाइते भएकी एक बालिकाको मृत्यु भएको छ । पाख्रिबास नगरपालिका–१० चुङमाङमा भएको दुर्घटनामा सख्त घाइते सहिदभूमि गाउँपालिका–५ की ९ वर्षीया संस्कृति राईको मृत्यु भएको प्रहरीले जनाएको छ । उपचारका क्रममा उनको धनकुटा जिल्ला अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा १६ जना घाइते भएका थिए । तीमध्ये चार जनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । अरुको धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । धनकुटाको हिले बजारबाट चुङमाङ जाँदै गरेको को २ च १६१९ नम्बरको पिकअप सडकबाट करिब ५० मिटर तल खसेको थियो । पिकअपका चालक राममणि राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार