‘पटक–पटक सम्पर्क प्रयास गर्दा पनि सम्पर्कमा नआएका ठेकेदार कम्पनीहरूलाई हामीले १५ दिने स्पष्टीकरण सोधेका थियौँ,’ घिमिरे भन्छन्, ‘स्पष्टीकरण पेस गरेपछि सम्झौता अवधि थप गरेका थियौँ ।’
ठेकेदार कम्पनीलाई एक पटक मौका दिँदै सम्झौता अवधि गरिएको उनको भनाइ छ ।
घिमिरेका अनुसार सम्झौता अवधि थप गरेपछि ठेकेदार कम्पनीले काम सुरु गरिसकेका छन् । अलपत्र परेका योजनाहरू सम्पन्न गर्न असार मसान्तसम्मलाई समयावधि थप गरिएको उनले बताए ।
खनारको प्रहरी चौकी, इटहरी उपमहानगर–१२, १३ र १४ को भानु मार्ग–भारवी सडक कालोपत्रे, इटहरी–६ को सार्वजनिक स्मार्ट शौचालय, इटहरी–१६ स्थित बक्राह खोलाको बक्स पुल, इटहरी–१५ को भोटिया खोला पुल, इटहरी–१० को संग्राहालय भवन, इटहरी–९ मा १५ शैयाको अस्पताल भवन र इटहरी–६ को ट्यांग्रा करिडोर रिटेनिङ वाल निर्माणसहित योजनाका कामहरुको निर्माण कार्य रोकिएको थियो ।
यसका अतिरिक्त विभिन्न वडामा रहेका सडक योजनाहरुको काम पनि अलपत्र छाडेर ठेकेदार सम्पर्कविहीन भएपछि इटहरी उपमहानगरपालिकाले स्पष्टीकरण सोधेर कारबाही प्रक्रिया अगाडि बढाएपछि ठेकेदार कम्पनीले काम सुरु गरेका हुन ।
प्रतिक्रिया